फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा भारतीय पर्यटक बढे

(GMT+08:00) 2018-06-01 17:02:56

गर्मी छल्न पोखरा आउने र मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्ने भारतीय पर्यटकको संख्या बढेको छ। भूकम्पअघिसम्म यो सिजनमा चिनियाँ पर्यटकको आगमन बढेको थियो।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले भूकम्पपछिको अवस्थामा चिनियाँ पर्यटकको आगमन बढ्न नसकेको बताएको अन्नपूर्णपोस्टले लेखेको छ।

पोखरा घुम्न र धार्मिक यात्राका लागि पछिल्लो समय पोखरा आउने भारतीय पर्यटक बढेको तुलाचनको भनाइ छ। हिन्दू र बौद्ध धर्मालम्बीको साझा धार्मिकस्थलका रूपमा प्रसिद्ध मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पर्यटक बस रिजर्भ गरेर आउने गर्छन्। पोखरा मात्र घुम्न निजी सवारी साधन लिएर आउने भारतीय पर्यटक पनि बढेका छन्। गत वर्ष पनि भारतीय पर्यटक बढेका थिए। यस वर्ष अफ सिजन मानिएको समयमा भारतीय पर्यटक गत वर्षभन्दा बढी आइरहेको अध्यक्ष तुलाचनले जानकारी दिए।

अहिले पोखराका होटलमा सबभन्दा धेरै भारतीय पर्यटक छन्। नेपाल आएका पर्यटकमध्ये ३० प्रतिशत पोखरा आएको र तीमध्ये १५ प्रतिशत भारतीय पर्यटक रहेको अध्यक्ष तुलाचनले सुनाए। ७ प्रतिशत युरोपियन, अमेरिकी, चाइनिज र अन्य आन्तरिक पर्यटक पोखरामा रहेको अनुमान उनको छ।

जेठ अन्तिम सातादेखि पदयात्राका लागि आउने युरोप, अमेरिकाका पर्यटकको आगमन कम हुने गर्छ। त्यसैले जेठ अन्तिम सातादेखि भदौ दोस्रो साता 'अफ सिजन'मानिन्छ।

हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर समुद्र सतहदेखि ३ हजार ७ सय १० मिटर उचाइमा छ। त्यहाँबाट धौलागिरि, नीलगिरि, थोरङलालगायत सुन्दर हिमशृंखला देखिन्छ।

जानकारी तथा लेखहरु