फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमालयन ट्राभल मार्ट

(GMT+08:00) 2018-06-02 15:00:55

नेपाललाई हिमालय प्रवेशको देशको रूपमा स्थापित गर्ने उद्देश्यले नेपालमा हिमालयन ट्राभल मार्टको दोस्रो संस्करण सुरु भएको छ। नेपालमा सम्भावित पर्यटकीय गतिविधिको जानकारी दिने र विदेशका पर्यटकीय प्रबर्द्धनका उपायको जानकारी लिने लक्ष्यसहित नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको संयुक्त आयोजना उक्त मार्ट सुरु भएको हो। मार्टको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार राजधानीमा उद्घाटन गर्नुभएको गोरखापत्रअनलाइनले लेखेको छ।

उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले मेलाले नेपालको स्थानीय तथा क्षेत्रीय पयर्टन प्रबर्द्धनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। मार्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीबीच नेपालका पर्यटकीय विशेषताबारे छलफल हुने र नयाँ रुटबारे पनि जानकारी हासिल गर्न विशेष मद्दत पुग्ने उहाँको भनाइ थियो।

पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले मेलामा उपस्थित मिडिया, ब्लगरले दिएको सही सूचना पछ्याउँदै नेपालमा पर्यटकको आगमन बढ्ने बताउनुभयो। मार्टले जुटाएको अवसरको फाइदा पर्यटन क्षेत्रका फलदायी हुने र यसले नेपाललाई विश्वमाझ चिनाउन सहयोग पुर्याउने उहाँको भनाइ थियो।

इन्टरनेसनल चाइना इन्भेस्टमेन्ट फोरम (आईसीआईएफ) का अध्यक्ष डा. मार्कस लिले नेपालले चिनियाँ पर्यटकलाई लक्षित गरी बनाएको नयाँ वेबसाइटप्रति खुसी व्यक्त गर्दै त्यसलाई अझै प्रभावकारी बनाउन सकिने सुझाव दिनुभयो।

आइतबारसम्म सञ्चालन हुने मार्टमा ३७ देशका १६० जना प्रतिनिधि सहभागी हुनेछन्। मार्टमा ५५ वटा स्टल रहेका छन्। मार्ट अवधिभरका विभिन्न विषयगत छलफल कार्यक्रममा १७ जना वक्ता रहने छन्। त्यस्तै ५७ वटा बिक्रेताले मार्टमा सहभागिता जनाएको बोर्डले जनाएको छ।

जानकारी तथा लेखहरु