फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल एक दिवसीय टिमको वरियतामा

(GMT+08:00) 2018-06-02 15:01:21

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ। आईसीसीका अनुसार शुक्रबार मै ३१ तारिखदेखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएई) लाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको छ।

आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरी उक्त संख्या १६ पुर्याएको छ। नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र युएईले अब खेल्ने एक दिवसीय खेललाई आईसीसीले वरियता निर्धारणका लागि मान्य हुने खेलका रुपमा समावेश गर्ने राससले जनाएको छ।

नेपालले सन् २०१८ को फेब्रुअरीमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गरेपछि एसोसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएको हो।

जानकारी तथा लेखहरु