फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुरानै स्वरुपमा फर्कियो गद्दी बैठक

(GMT+08:00) 2018-06-06 17:05:26

काठमाडौँको वसन्तपुर दरवारको पश्चिम र दक्षिण मोहडाको (गद्दी बैठक) पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ। २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको यो दरवार अमेरिकी एम्बेसडर फन्ड अन्तर्गत अमेरिकी सरकारको आर्थिक सहयोगमा एकवर्ष अघि पुनः निर्माण सुरु गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।

दरवारको दक्षिण र पश्चिम भागमा पुनःनिर्माण गर्दा ढाकिएको जालीपर्दालाई अहिले उघारिएको छ। जाली पर्दा उघारिएपछि भूकम्पले भत्काउनु अघि कै स्वरुपमा वसन्तपुर दरवार देखिएको छ। दरवारको गद्दी वैठकमा पनि साविक अनुसारबाटै सुधार गरिएको छ। सवलीकरणको प्रक्रियाबाट दरवारको पुनःनिर्माण गरिएको हो। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले छिटो र छरितो रुपमा दरवारको पुनःनिर्माण भइरहेको जानकारी दिनुभयो।

पुनःनिर्माण सकिन लागेपछि असार १३ गते अमेरिकी सरकारले वसन्तपुर गद्दी बैठक नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भइसकेको छ। भूकम्पयता विश्व सम्पदामा सूचीकृत वौद्धनाथ स्तूप सबैभन्दा छिटो पुनःनिर्माण भएको थियो। यसपछि वसन्तपुर दरवार पुनःनिर्माण भएको हो।

जानकारी तथा लेखहरु