फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माथिल्लो तामाकोशीलाई दुई अर्ब आईपीओ बिक्रीको स्वीकृति

(GMT+08:00) 2018-06-08 16:36:42

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्काशनको बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आईपीओ बिक्रीका लागि स्वीकृति दिएको राष्ट्रिय समाचार समितिले लेखेको छ। दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ।

बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत शेयर बिक्री गर्नेछ। आयोजनाका अनुसार स्थानीयवासीले एक अर्ब पाँच करोड ९० लाखबराबरको एक करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउनेछन्। यस्तै आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्नेछ। सो अनुपातमा सर्वसाधारणले एक अर्ब ५८ करोड ८५ लाखबराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर प्राप्त गर्ने छन्।

जानकारी तथा लेखहरु