चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन आठ तारिख बेलुकी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग थ्येनचिन शहरमा चीन-रुस युवा आइस हकी मैत्री प्रतियोगिताको अवलोकन गर्नुभएको छ।
सोही दिन बेलुकी सात बजेर चालीस मिनेट जाँदा रमाइलो संगीतको साथमा सी चिन फिङ र पुटिनले थ्येनचिन रंगशालामा प्रवेश गर्नुभयो। सात हजार जना दर्शकले चीन र रुस दुबै मुलुकका राष्ट्रिय झण्डा लिएर दुई राष्ट्रनायकलाई हार्दिक स्वागत गरेका थिए।
सी र पुटिनले रिङ्कमा मैत्री प्रतियोगिताको उदघाटन गर्नुभयो। दुई मुलुकका किशोर खेलाडीहरूले रिङ्कमा प्रतियोगिता प्रदर्शन गरेका छन् र दुई जना राष्ट्रनायकले साना खेलाडीहरूका लागि ताली बजाउनुभयो। सीले पुटिनसँग भन्नुभएअनुसार, चीनले रुससँग आइस हकीलगायतका खेलको आदान-प्रदान र सहयोगलाई अगाडि बढाउने आशा लिएको छ। पुटिनले दुई मुलुकका युवा आइस हकी खेलाडीहरू रुस र चीनको मित्रताको नयाँ पेटी बन्नसक्ने आशा व्यक्त गर्नुभयो।
सी र पुटिन सोही दिन उक्त कार्यक्रममा उपस्थित हुन द्रुत गतिको रेलद्वारा पैचिङबाट थ्येन चिन जानुभएको थियो।
1 2 3 4 5