फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सात मुलुक समूहको शिखर सम्मेलन सम्पन्न

(GMT+08:00) 2018-06-10 15:36:49

दुई दिने सात मुलुक समूहको शिखर सम्मेलन हिजो जुन नौ तारिख सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार समस्यामा गम्भीर र कडा धारणा व्यक्त गर्नुभएको छ। सात मुलुक समूहभित्रको विवाद गहिरो बनेको छ।

क्यानाडाका प्रधानमन्त्री जुस्टिन ट्रुडेउले उक्त शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा शिखर सम्मेलन सफल भएको, सात मुलुक समूहका नेताहरूले विज्ञाप्ति प्रकाशित गर्न स्वीकार गर्नुभएको तर ट्रम्पले व्यापार समस्यामा गम्भीर र कडा धारणा व्यक्त गर्नुभएको कुरा बताउनुभयो।

नौ तारिख विहान ट्रम्पले निर्धारित समयअघि नै उक्त शिखर सम्मेलनबाट बाहिरिएर विशेष विमानद्वारा सिंगापुरतर्फ प्रस्थान गर्नुभयो। उहाँले भन्सार कर, व्यापारिक बाधा वा आपूर्ति रद्द गर्न आव्हान गर्नुका साथै अमेरिकाले सबै आवश्यक कदम चाल्ने कुरामा जोड दिनुभयो।

तर उक्त शिखर सम्मेलन सम्पन्न भएपछि ट्रम्पले विशेष विमानबाट सामाजिक सञ्जाल ट्विटरमार्फत क्यानेडियन प्रधानमन्त्री जुस्टिन ट्रुडेउले पत्रकार सम्मेलनमा "गलत भनाइ राखेको" र क्यानाडाले अमेरिकी किसान, मजदुर र उद्योग-व्यवसायलाई "धेरै भन्सार कर असुल्ने" गरेकाले अमेरिकी प्रतिनिधिसँग सात मुलुक समूहको संयुक्त विज्ञाप्तिको समर्थन नदिन ट्रम्पले आग्रह गरेको उल्लेख गर्नु भएको छ।

जानकारी तथा लेखहरु