फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जेष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माण

(GMT+08:00) 2018-06-10 15:53:26

काठमाडौ महानगरपालिकाको वडा नं १८ ले जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र निर्माण गरेको छ। कामपा वडा नं १८ ले सो मनोरञ्जन केन्द्र उद्घाटन कार्यक्रमको आयोजना गरेर उक्त सेवा शुरु गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले लामो समय जनप्रतिनिधिविहीनताको अवस्थाले सिर्जना भएको अभाव पूरा गर्न समय लाग्ने भन्दै कामलाई प्राथमिकतामा राखेर आफूहरु नागरिकको समस्या समाधान गर्नेतिर लागिरहेको बताउनुभयो।

काठमाडौँ क्षेत्र नं ७ का संघीय संसद् सदस्य रामवीर मानन्धरले, जेष्ठ नागरिक सम्मान, विगतमा भएको राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि भएको भन्दै अहिले नागरिकले स्थानीय सरकारको उपस्थिति महसुस गर्न थालेको बताउनुभयो।

वडामा भएका ६० वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई लक्षित गरी जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र स्थापना गरिएको हो। सेवा केन्द्रमा अहिले हार्मोनियम, तबला, पछिमा, बाँसुरी, मादलजस्ता वाद्ययन्त्र राखिएका छन्। यस कामका लागि वडाले रु दुई लाख खर्च गरिसकेको छ। वडामा ६० वर्ष उमेर पूरा भएका करीब ७०० जना नागरिक छन्। यी मध्ये करीब ६०० जनालाई जेष्ठ नागरिक परिचयपत्र प्रदान गरिसकिएको र करीब १०० जनालाई कार्ड प्रदान गर्न बाँकी भएको वडाले जनाएको छ।

जानकारी तथा लेखहरु