फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बढ्दो प्रदूषण कम गर्न लुम्बिनीमा अब विद्युतीय बस चलाइने

(GMT+08:00) 2018-06-11 16:11:35
बढ्दो प्रदूषणले ग्रस्त लुम्बिनीमा अब विद्युतीय बस सञ्चालन हुने भएको छ। अग्रेजी नयाँ वर्षदेखि विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरिएको छ। भारतमा पहिलो पटक उत्पादन भएका विद्युतीय सवारीसाधन गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गुड्ने भएका हुन्। लुम्बिनी क्षेत्रमा प्रदूषणरहित सवारीसाधन सञ्चालन गर्ने लुम्बिनी विकास कोषको योजनाअनुसार एसियाली विकास बैंक (एडीबी) को सहयोगमा भारतमा निर्मित विद्युतीय सवारीसाधन लुम्बिनीमा गुड्ने भएका हुन् ।

भारतमा निर्मित विद्युतीय सवारीसाधन लुम्बिनीका लागि लोड भएका र असार पहिलो साता लुम्बिनीमा आइपुग्ने लुम्बिनी विकास कोषका योजना प्रमुख एवं निमित्त सदस्यसचिव सरोज भट्टराईले बताउनुभयो। उहाँका अनुसार ११ वटा कार र ७ वटा बस ल्याइन लागेका छन्। सबै सवारीसाधन एसीजडित हुनेछन्। लुम्बिनीमा पर्यटन प्रवद्र्धनका लागि एडीबीले भैरहवादेखि लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न उक्त विद्युतीयय सवारीसाधन प्रदान गर्न लागेको प्रमुख भट्टराईले बताउनुभयो।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धजन्मस्थल लुम्बिनीसहित बुद्धको जीवनीमा आधारित क्षेत्र कपिलवस्तु, देवदह, रामग्राम आदिमा ती सवारी साधन सञ्चालन हुनेछ । एडीबीले कोषलाई हस्तान्तरण गर्ने विद्युतीयय सवारी साधन निजी क्षेत्रलाई सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको अन्नपूर्ण पोस्ट अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु