फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2018 ऊर्जा स्रोतको किफायत सम्बन्धी राष्ट्रिय प्रचार सप्ताह"ऊर्जा स्रोतको किफायत तथा नीलो आकाशको संरक्षण"मुख्य विषयमा केन्द्रित

(GMT+08:00) 2018-06-11 18:34:34
सन् 2018 ऊर्जा स्रोतको किफायत सम्बन्धी राष्ट्रिय प्रचार सप्ताह आज जुन ११ तारिख औपचारिक रुपमा शुरु भएको छ। यो ऊर्जा स्रोतको किफायत सम्बन्धी राष्ट्रिय प्रचारको २८ औं साता हो। यस वर्ष राष्ट्रिय प्रचार सप्ताहको मुख्य विषय वस्तु "ऊर्जा स्रोतको किफायत गरौं, नीलो आकाशको संरक्षण गरौं"भन्ने रहेको छ।

चीनको राष्ट्रिय विकास तथा सुधार परिषद,पर्यावरण मन्त्रालय लगायत चौध वटा विभागले हाल "सन् 2018 ऊर्जा स्रोतको किफायत सम्बन्धी राष्ट्रिय प्रचार सप्ताह तथा राष्ट्रिय कार्बन न्यूनीकरण दिवस सम्बन्धी कार्यक्रमको सूचना"प्रकाशित गरेका छन्। यसका अनुसार,चालू वर्षको जुन ११ तारिखदेखि १७ तारिखसम्म ऊर्जा स्रोतको किफायत सम्बन्धी राष्ट्रिय प्रचार साता हुने तथा जुन १३ तारिखलाई राष्ट्रिय न्यून कार्बन दिवस हुने निर्धारण गरिएको छ।

पर्यावरण उप-मन्त्री च्वाङ को थाईले जलवायु परिवर्तनको सक्रियताका साथ सामना गरी न्यूनतम कार्वनको विकासलाई गतिशीलता दिनु विश्वको समान विचार तथा प्रवृति बनेको धारणा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु