फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीद्वारा गरिबी निवारणसम्बन्धी महत्वपूर्ण निर्देशन

(GMT+08:00) 2018-06-11 19:18:07
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हालै गरिबी निवारण कार्यमा महत्वपूर्ण निर्देशन दिएर गरिबी निवारण गर्ने समय थोरै हुनुका साथै कार्यभार ठूलो भएकाले सकेसम्म प्रयास गरी गरिबी निवारण कार्यमा सम्पूर्ण रूपमा विजय प्राप्त गर्नुपर्ने बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीले गरिबी निवारणको कार्यभारले सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण, 'द्विशताब्दी'को लक्ष्य साकार तुल्याउन महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो।

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले पनि विभिन्न क्षेत्र र विभिन्न विभागले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति र चीनको राज्य परिषद्ले तय गरेको गरिबी निवारणको तीन वर्षे योजनालाई व्यवहारमा उतारेर तीन वर्षभित्र गरिबी निवारणको कार्यभार पूरा गर्ने प्रत्याभूति दिलाउन निर्देशन दिनुभयो।

जानकारी तथा लेखहरु