फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको सूचना तथा संचार प्रविधि सम्मेलन हुने

(GMT+08:00) 2018-06-12 16:13:03
यही असार ३ र ४ गते काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको सूचना तथा संचार प्रविधि सम्मेलन आयोजना हुने भएको छ। कम्प्युटर एशोसिएशन नेपाल महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय स्तरको सूचना तथा संचार प्रविधि सम्मेलन गरिने जानकारी दिएको हो।

देशका विभिन्न भागमा स्मार्ट सिटी बनाउने सरकारको परिकल्पनालाई आवश्यक सुझाव दिने उद्देश्यका साथ सूचना र प्रविधिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको महासंघका महासचिव रञ्जित पोदारले बताउनुभयो।

२ दिनसम्म चल्ने सम्मेलनमा चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश, दक्षिण कोरिया, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका विषयगत विज्ञहरु सहभागी हुनेछन्। अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने सम्मेलनमा स्थानीय र प्रदेश सरकारका प्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ। सम्मेलनले नेपाललाई आधुनिक सूचना प्रविधिको क्षेत्रबारे विस्तृत जानकारी दिने महासंघको दावी छ।

जानकारी तथा लेखहरु