फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा यही जेठ ३० गतेदेखि महिला उद्यमी मेला आयोजना हुने

(GMT+08:00) 2018-06-12 16:14:06
पोखरामा यही जेठ ३० गतेदेखि महिला उद्यमी मेला आयोजना हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघको महिला उद्यमी विकास उपसमितिको आयोजनामा महिला उद्यमशीलता विकासमा प्रवर्द्धन गर्ने उद्धेश्यले 'आर्थिक सवृद्धिको लागि महिला उद्यमशीलता' भन्ने नाराका साथ मेला आयोजना हुन लागेको हो। असार २ गतेसम्म हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको सोमबार अपराहृन पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्नु, ब्यवसायमा आफ्नो पहिचानका साथ महिलालाई अग्रसर गराउनु, महिलाद्धारा उत्पादित बस्तु एवम् ब्यापार, बजारीकरण साथै सबै उद्यमी महिलाबीच आत्मिय सम्बन्ध विस्तार गर्ने मेलाको उद्धेश्य रहेको मेला संयोजक तथा महिला उद्यमी विकास उपसमितिकी संयोजक सीता बरालले बताउनुभयो।

त्यस्तै ब्यवसायिक अनुभव आदान प्रदानका साथै महिला उद्यमीलाई कर शिक्षा, लेभलिङ्ग, प्याकेजिङ्ग, एवम् व्यवसायीक स्थायीत्वको बारेमा ब्यवसायिक विज्ञद्धारा प्रशिक्षण दिएर सबल र सक्षम बनाउनु पनि मेलाको प्रमुख उद्धेश्य रहेको उहाँले बताउनुभयो। मेलामा प्रदेश नम्बर ४ मा रहेका एघारै जिल्लाका महिला उद्यमीहरुसहित देशैभरका महिला उद्यमीहरुका गरी ७० भन्दा बढी स्टल राखिने भएका छन्। पोखरा प्रदर्शनी केन्द्रस्थित डोममा रहने ती स्टलहरुमा महिलाले उत्पादित सामाग्रीको प्रदर्शनी र बिक्रीको अलावा तान नै राखेर कपडा बुनाई पनि प्रदर्शनमा राखिने अनलाइनखबरले लेखेको छ।

जानकारी तथा लेखहरु