फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पहिलो अन्तर्राष्ट्रियस्तरको 'स्केट फेस्टिबल' हुने

(GMT+08:00) 2018-06-12 16:15:19
स्केट खेललाई देशव्यापी बनाउँदै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो अन्तर्राष्ट्रियस्तरको 'स्केट फेस्टिबल' (पाल्पा संस्करण) हुने भएको छ। आउने असार ५, ६ र ७ गते प्रदेश नं ५ अन्तर्गत पाल्पाको सदरमुकाम तानसेनमा स्केट फेस्टिबल हुने भएको हो। तानसेनस्थित टुँडिखेल मैदानमा हुने फेस्टिबलमा माल्दिभ्स र भारतलगायतका मुलुकबाट स्केट खेलाडीले भाग लिनेछन्।

परिवर्तनका लागि युवा संस्थाले आयोजना गर्ने फेस्टिबलको अन्तिम दिन असार ७ गते स्केट प्रतियोगिता हुने अध्यक्ष जागृत पहाडीले जानकारी दिनुभयो। प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ। त्यसैगरी प्रतियोगितामा 'प्लेयर्स टु वाच' लाई समेत पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो।

उक्त संस्थाले स्केट खेलको संरक्षण, प्रवद्र्धन तथा प्रोत्साहन गर्दै आएको छ। विसं २०७० मा स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि नै विभिन्न जिल्लाका विद्यालय तथा क्याम्पसमा स्केट खेलबारे गोष्ठी, स्केट खेल प्रतियोगिता तथा स्केट खेलबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पछिल्लोपटक राष्ट्रियस्तरको स्केट फेस्टिबल जात्रा काठमाडौंमा गत वर्ष सम्पन्न भएको थियो।

जानकारी तथा लेखहरु