फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई सहयोग संगठनका सदस्य मुलुकका सञ्चारमाध्यमहरु तथा विदेशीहरुबाट सीको सम्बोधनप्रति ध्यानाकर्षण

(GMT+08:00) 2018-06-12 16:16:23
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अस्ति १० तारिख शाङहाई सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रनायक परिषदको अठारौं सम्मेलनमा महत्वपूर्ण सम्बोधन गरी शाङहाई सहयोग संगठनको हित लक्षित समुदायको निर्माणका लागि बलियो विश्वास पुर्‍याउनुभएको छ। शाङहाई सहयोग संगठनका सदस्य मुलुकका सञ्चारमाध्यमहरु तथा विदेशीहरुले सीको महत्वपूर्ण सम्बोधनप्रति धेरै ध्यानाकर्षण गरेका छन्।

रुसको एनटिभिका अनुसार,शाङहाई सहयोग संगठनको शिखर सम्मेलनमा प्रशस्त उपलव्धी हासिल भएको छ। सम्मेलनले यस क्षेत्रको समृद्धि,विकास तथा मेलमिलापका लागि योजना तर्जुमा गरेको छ।

भारतको "द हिन्दु"का अनुसार,सहयोग तथा साझा विजय राष्ट्राध्यक्ष सीको सम्बोधनमा निरन्तर रुपमा समेटिएको शब्द हो। राष्ट्राध्यक्ष सीले यस क्षेत्रको शान्ति तथा विकासका लागि एउटा नयाँ ढाँचा सिर्जना गरी नयाँ योगदान गर्नुभएको छ।

पाकिस्तानका राजनीतिक तथा रणनीतिक विश्लेषक सुल्तान हालीले "शाङहाई भावना" शाङहाई सहयोग संगठन पछाडिको प्रेरक शक्ति हो भन्दै त्यसले विभिन्न सदस्य मुलुकका विभिन्न राजनीतिक तथा आर्थिक व्यवस्थालाई पन्छाएर आपसी विश्वास तथा सम्मानको आधारमा एउटै लक्ष्यतर्फ अघि बढ्नसक्ने बताउनुभयो।

जानकारी तथा लेखहरु