फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरिया तथा अमेरिकी नेताबीचको भेटवार्ताले आणविक रहित कोरियाली प्रायद्वीपका लागि पाइला चाल्नसक्ने चीनको अपेक्षा

(GMT+08:00) 2018-06-12 16:18:42
चीनको राज्य परिषदका सदस्य एवम परराष्ट्र मन्त्री वाङ यीले आज जुन बाह्र तारिख पैचिङमा बोल्दै कोरिया तथा अमेरिकाका नेताहरुले अवरोधलाई हटाएर आपसी विश्वासको वातावरण बनाउनसक्ने, कठिनाईमाथि जित हासिल गर्नसक्ने, आणविक रहित कोरियाली प्रायद्वीपको स्थापना गर्रनसक्ने तथा कोरियाली प्रायद्वीपमा शान्ति व्यवस्था कायम गर्ने सहमति जुटाउने तथा वास्तविक पाइला चाल्नसक्ने आशा चीनले गरेको वताउनुभएको छ। यसका साथै वाङ यीले सम्बन्धित पक्षहरुले उक्त उद्देश्यका लागि प्रयास गर्नसक्ने आशा व्यक्त गर्दै चीनले पनि निरन्तर रुपमा रचनात्मक भूमिका निर्वाह गर्दै जाने कुरामा जोड दिनुभएको छ।

आज पत्रकारलाई अन्तर्वार्ता दिँदै वाङ यीले सिंगापुरमा भएको उत्तर कोरिया तथा अमेरिकाका नेता बीचको भेट-वार्ताप्रति विश्वको गहिरो ध्यानाकर्षण भएको कुरा वताउनुभयो। उहाँका अनुसार, उत्तर कोरिया तथा अमेरिकाबीच आधा शताव्दीसम्म शत्रुतापूर्ण परिस्थिति थियो। आज दुई मुलुकका सर्वोच्च नेताहरुले सँगै बसेर समान वार्ता गर्नुभएको कुराको महत्वपूर्ण तथा सक्रिय अर्थ रहेको छ। चीनले यसप्रति स्वागत तथा समर्थन गरेको छ।

जानकारी तथा लेखहरु