फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र उत्तर कोरियाली राष्ट्रानायकबीच सिंगापुरमा पहिलो भेटघाट

(GMT+08:00) 2018-06-12 16:20:29
उत्तर कोरियाली राज्य परिषद् अध्यक्ष किम जोङ-उनले आज जुन बाह्र तारिख सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो पटक भेटवार्ता गर्नुभएको छ। दुई मुलुकका वर्तमान राष्ट्रनायकले एतिहासमा पहिलो पटक भेटघाट गरेर कोरियाली प्रायद्वीपको आणविक रहितता र दुई पक्षको तनावपूर्ण सम्बन्धको शान्तिपूर्ण निकासबारे वार्ता गर्नुभएको हो।

स्थानीय समय विहान नौ बजेतिर अमेरिकी राष्ट्रपति ट्रम्प र अध्यक्ष किमले सिंगापुर सेन्टोसा द्वीपस्थित क्यापेल्ला होटेलमा भेटवार्ता गर्नुभयो। वार्तामा राष्ट्रपति ट्रम्पले वार्ता सफल हुने अपेक्षा लिनुका साथै दुई पक्षले मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने विश्वास गर्नुभएको थियो।

अध्यक्ष किमले यो भेट गाह्रो भएको बताउँदै दुई पक्षले धेरै कठिनाइको सामना गरी भेटलाई अर्थपूर्ण तुल्याएको बताउनुभयो। त्यसपछि दुई जनाले सञ्चारमाध्यमसमक्ष हातमा हात मिलाउनुभयो।

जानकारी तथा लेखहरु