फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र भारतीय प्रधानमन्त्री मोदिबीच धेरै कुरामा सहमति

(GMT+08:00) 2018-06-12 16:21:12
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले जुन एघार तारिख पैचिङमा बोल्दै चीनका राष्ट्राध्यक्ष सी चिन फिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शाङ्गहाई सहयोग संगठन छिङ्गताउ शिखर सम्मेलनको अवधिमा भेटघाट गरी दौत्य सम्बन्ध र साझा अभिरुचीका समस्याबारे गहिरो रुपमा वैचारिक आदानप्रदान गरेर व्यापक सहमति हासिल गर्नुभएको छ।

प्रवक्ता कङ्गले सोहि दिन आयोजित नियमित पत्रकार सम्मेलनमा औंल्याउँदै उ हानको अनौपचारिक भेटघाटले दुई मुलुकबीच विभिन्न क्षेत्रको सहयोगबारे नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो। चीन र भारतका राष्ट्रानायकले यसलाई सक्रिय मूल्यांकन गर्नुका साथै उ हान भेटघाटको सहमतिलाई व्यवहारमा उतार्ने, आर्थिक व्यापारिक सहयोगलाई विस्तृत पार्ने, मानव र सांस्कृतिक आदानप्रदानलाई विस्तृत पार्ने, चीन र भारतको सम्बन्धलाई अगाडि बढाउने विचार पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु