फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्वारा "शाङ्गहाई भावना"को सकारात्मक मूल्याङ्कन

(GMT+08:00) 2018-06-12 19:04:39
शाङ्गहाई सहयोग संगठन छिङताउ शिखर सम्मेलन जुन दश तारिख छिङताउ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न भयो। जुन शाङ्गहाई सहयोग संगठनका सदस्य थपेपछि आयोजित पहिलो शिखर सम्मेलन थियो। त्यस शिखर सम्मेलन अवधिमा सदस्य मुलुक मात्र संलग्न हुने सानो परिधिको सम्मेलनको आयोजना गरिनु बाहेक पर्यवेक्षक मुलुक, आमन्त्रित अन्तर्राष्ट्रिय संगठन र संस्थाहरु संलग्न हुने ठूलो परिधिको सम्मेलनको पनि आयोजना गरियो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले त्यस शिखर सम्मेलनमा धेरै महत्वपूर्ण सम्बोधन गर्नुभयो। आफ्नो सम्बोधनमा उहाँले पटकपटक गरी "शाङ्गहाई भावना"बारे चर्चा गर्नुभएको थियो। अधिकांश मुलुक, संस्था र अन्तर्राष्ट्रिय समाजले उहाँको सम्बोधनको सकारात्मक मूल्याङ्कन गरेका छन्।

भारतको जवाहरलाल नेहरु विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध इन्स्टिट्यूटका प्राध्यापक, अन्तर्राष्ट्रिय मामिला सम्बन्धी विशेषज्ञ स्वरन सिंहले बितेका तीन वर्षदेखि भारतले पाकिस्तानसँग वार्ता नगरे तापनि अहिले भारत तथा पाकिस्तान शाङहाई सहयोग संगठनमा संलग्न भएपछि भारतले पाकिस्तानसँग वार्ता गर्नुका साथै संवेदनशील आंतकवाद प्रतिरोधबारे छलफल गरेका बताउनुभयो। जसबाट "शाङहाई भावनाले "एउटा प्रारुप तथा सिद्धान्त उपलव्ध गराएर दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार्न फेरि वार्ताको वातावरण बनाउन सघाएको देखिन्छ।

चीन पाकिस्तान आर्थिक करिडरका भूतपुर्व विशेषदूत जफरूद्दिन मोहम्मदले यी मुलुकहरू भौगोलिक रूपमा नजिकै भए तापनि सँगसँगै भेटिने मौका थोरै रहेको सुनाउँदै यस वर्षको भेटमार्फत् आदानप्रदान गरेर नयाँ क्षेत्रमा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्ने बताउनुभएको छ। त्यसैगरी विश्वको हेराइ, विभिन्न राजनैतिक व्यवस्था, सांस्कृतिक विविधता भएका मुलुकले 'शाङ्गहाई भावना'प्रति आधारभूत सहयोग गरेर सुन्दर भविश्य देखाउनसक्ने विश्वास पनि उहाँले लिनुभएको छ।

सो सम्मेलनमा राष्ट्राध्यक्ष सी चिन फिङ्ले शाङहाइ सहयोग संगठनलाई संयुक्त समुदायको रूपमा स्थापना गरी नयाँ किसिमको अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन विभिन्न पक्षलाई आव्हान गर्नुभयो। आगामी दिनमा चीन विभिन्न सदस्य मुलुकहरूसँग दीर्घकालीन शान्तिपूर्ण, सुरक्षित, सयुक्त समृद्धि, खुलापन, स्वच्छ र सुन्दर विश्व निर्माणको सम्भावना पनि उहाँले औंल्याउनुभयो।

जानकारी तथा लेखहरु