फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# मिङ्ग राजवंशको राजधानीको सार्न

(GMT+08:00) 2018-06-13 14:22:48

शासन अधिकारको सुरक्षा गर्नका लागि मिङ्ग राजवंशको स्थापनापछि प्रथम सम्राट थाइ चुले केही उच्च पदाधिकारीको हत्या गरे। साथै उनले आफ्ना 24 जना छोराहरुलाई विभिन्न क्षेत्रको राजाको नियुक्त गरेर पठाए। थाई चु सम्राट लगभग साठी वर्षको उमेरमा उनले छानेका भविष्यका सम्राटमा चयन भएका राजकुमार चु ब्याउको निधन भयो। सम्राटले राजकुमारको छोरो अर्थात् नाति चु युन वेनलाई आगामी सम्राट बनाउने घोषणा गरे। जसरी विभिन्न क्षेत्रका राजा चु युन वेनका काका थिए। सम्राटको पद आफ्नो भतिजोको हातमा पर्ने भएपछि काकाहरुमा असंतुष्टि लाग्यो। विशेष गरी सम्राटको चौथो छोरा अर्थात् यान राजा चु डी थिए। युआन राजवंशसँग संघर्षमा चु डीले धेरै योगदान दिनुका साथै आफ्नो क्षमता पनि निकै राम्रो थियो।

1  2  3  
जानकारी तथा लेखहरु