फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# मिङ्ग राजवंशको राजधानीको सार्न

(GMT+08:00) 2018-06-13 14:22:48

सन् 1398 मिङ्ग राजवंशका प्रथम सम्राट चु युआन चाङ्गको निधन भयो। नाति चु युन वेनले सम्राटको पदको उत्ताधिकार ग्रहण गरे। च्यान वेन सम्राट बने। आफ्ना काकाहरुले हातमा बढी सैन्य शक्ति लिएर विद्रोह गर्लान् कि भन्ने चिन्ता नव सम्राट च्यान वेनलाई लाग्यो। त्यसैले उनले आफ्ना पदाधिकारीहरुसँग छलफल गरेर विभिन्न राजाहरुको सैन्य अधिकारलाई कम पार्ने योजना गरे। सुरुमा यान राजा चु डीलाई दिक्क लाग्यो। तर सम्राटले उनको विश्वास नगरेर यान राजा परिवारमध्ये राजधानीमा बस्ने आफन्तलाई प्रकाउ गरे। साथै सम्राटले यान राजालाई पक्राउ गर्न सेना पनि पठाए। यान राजाले विद्रोह गर्ने निर्णय गरे। तर सार्वजनिक रुपमा सम्राटको विरुद्ध विद्रोह गरेमा आफ्नो आदरका लागि वेफाइदाजनक हुने थियो। त्यसैले यान राजाले सम्राटनजिकैका नराम्रा पदाधिकारीलाई हटाउने निहुँ मार्फत सैन्य विद्रोह गर्नथाले। लगभग तीन वर्षको गृह-युद्धमा यान राजाको सेना सफल भयो र तत्कालीन राजधानी नानचिङ्गबाहिर पुग्यो। नानचिङ शहरका रक्षक सेनाले सहरको ढोका खोलेर आत्मसमर्पण गरे। यान राजाको सेनाले दरवार पुगेका बेलामा बिशाल आगो देखे। सम्राट च्यान वन र रानीले दरवारमा आगो लगाएर आत्मदाह गरेको जनाइयो।

त्यसपछि यान राजा चु तिले सम्राटको पदमा शपथगरण गरेर मिङ्ग छेन सम्राट मानिए। सम्राट बनेपछि मिङ्ग छेन सम्राटले आफ्नो शासनलाई सुदृढ पार्नका लागि आफ्नो पक्षमा रहेका अधिकारीलाई उच्च पद र धनदौलत दिनुका साथै च्यान वन सम्राटका लगभग पचासजना अधिकारीको हत्या गरे।

1  2  3  
जानकारी तथा लेखहरु