फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलोपटक एउटा परम्परागत नाच नेपालको राष्ट्रिय नाचघरमा देखाइँदै

(GMT+08:00) 2018-06-13 19:29:49
आउँदो असार ३ गते कात्तिक नाच पहिलोपटक राष्ट्रिय नाचघरमा प्रदर्शन हुन लागेको छ । यसअघि मंगलबजार कात्तिक डबलीमा प्रत्येक वर्ष कार्तिकमा उत्त नाच प्रदर्शन हुने ऐतिहासिक परम्परा रहिआएको थियो । कात्तिक नाच पाटनका मल्ल राजा सिद्धीनरसिंह मल्लले तीनसय ८० वर्ष अघि शुरुवात गर्नुभएको हो।

कात्तिक नाच विगतमा कात्तिक महिनाभर कात्तिक डबलीमा प्रदर्शन गरिन्थ्यो। केही वर्ष अघि आर्थिक अभावका कारणले कात्तिक नाच प्रदर्शन हुन छोडेको थियो । कात्तिक नाच विष्णुको अवतार नरसिंह, राजा हिरन्य कस्यप र विष्णु भक्त प्रल्हादको कथामा आधारित छ। कात्तिक नाच शुरु गर्दा राजा सिद्धीनरसिंह मल्ल आँफैले अभिनय गर्नुभएको इतिहास छ।

नेपाली मौलिक नृत्यहरुलाई डबलीभन्दा बाहिर प्रदर्शन गरेर ऐतिहासिक नाचलाई आर्थिक रुपमा जीवित राख्न पहिलो पटक नाचघरमा प्रदर्शन गर्न लागेको नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले दावी गरेको छ।

नेपालमा नृत्य विधामा एकल साँझको रुपमा 'स्वजन रघुवंशी एकल साँझ' मार्फत् उक्त नाच प्रदर्शन हुँदैछ। कलाकार स्वजन रघुवंशीको कात्तिक नाचमा मुख्य अभिनय हुनेछ। लोपोन्मुख नृत्यहरुको संरक्षण गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा यसको पहिचान गराउने उद्देश्यसहित कात्तिक नाच, चर्या नृत्य, भरत नाट््यम, कत्थक, झ्याउरे र साल्सा नृत्य समेत कलाकार स्वजन रघुवंशीबाट प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ ।

जानकारी तथा लेखहरु