फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरिया तथा अमेरिकाका नेताहरुद्वारा आपसी भ्रमण निम्ताको स्वीकार

(GMT+08:00) 2018-06-13 19:32:14
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले जुन बाह्र तारिख सिंगापूरमा आयोजित उत्तर कोरिया तथा अमेरिकाका नेताबीचको पहिलो भेट-वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको भ्रमण गर्न दिनुभएको निम्तो किम जोङ उनले स्वीकार गर्नुभएको छ। यसका साथै किम जोङ उनले पनि ट्रम्पलाई ठीक समयमा प्योङयाङको भ्रमण गर्ने निम्तो दिएपछि ट्रम्पले पनि स्वीकार गर्नुभएको छ।

कोरियन केन्द्रिय समाचार समितिले आज जुन तेह्र तारिख उक्त समाचार सार्वजनिक गरेको हो। त्यसका अनुसार,अमेरिकाले सदिच्छापूर्ण रुपमा आपसी विश्वास गर्ने कदम चाल्ने हो भने उत्तर कोरियाले पनि सम्बन्धित पाइला सार्ने किम जोङ उनले व्यक्त गर्नुभयो।

किम जोङ उन तथा ट्रम्पले हिजो सिंगापूरमा दुई देशका वर्तमान नेताहरुबीचको पहिलो भेट-वार्ताको आयोजना गर्नुका साथै एउटा सँयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुभयो। सो सँयुक्त वक्तव्य अनुसार,उत्तर कोरिया तथा अमेरिकाले "नयाँ सम्बन्धको स्थापना "गर्नुका साथै "कोरियाली प्रायद्वीपको स्थिरता तथा शान्ति सम्बन्धी स्थायी व्यवस्था"को स्थापना गर्न प्रयास गर्ने छन्।

जानकारी तथा लेखहरु