फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-भारत हवाई प्रवेश विन्दु वार्ता हुँदै

(GMT+08:00) 2018-06-14 15:47:05
नेपाल र भारतपक्षबीच नयाँ हवाई प्रवेश विन्दुको विषयमा बिहीबार (आज)देखि वार्ता हुदैंछ। दुवै देशका प्रतिनिधिबीच शनिवारसम्म हुने वार्तामा नयाँ सहमति जुट्ने अपेक्षा गरिएको छ। गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई नयाँ हवाई विन्दु दिने विषयमा छलफल गरेर टुंग्याउने बताएका थिए। वार्ताका लागि बुधबार नै भारतीय नागरिक उड्डयन प्राधिकरणको एक टोली नेपालमा आइसकेका छन्।

कारोबार अनलाइनका अनुसार नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गर्नुपर्ने बाध्यता रहेको छ। चार वर्षयता पटक-पटकको वार्तापछि भारतीय पक्षले नेपालगन्ज रुट तत्काल खोल्ने समझदारी गरेका थिए। तर, दुई पक्षले प्राविधिक रिपोर्ट तयार गरेर पुनः वार्ता गरेपनि टुंगिने भनिए पनि हालसम्म रुट भने खुल्न सकेको छैन।

नेपालले भारतसँग जनकपुर, नेपालगन्ज र भैरहवाको हवाई रुट मागेको थियो। जनकपुर र नेपालगन्ज दिन भारत तयार भए पनि भैरहवाको रुट भने दिननसक्ने यसअघि नै बताइसकेको छ।

नेपालले निर्माण जारी राखेका भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावश्यक छ। हाल सिमराबाट मात्रै हवाई रुट खुल्ला रहेको छ । गत वर्षको सहमतिमा महेन्द्रनगरबाट बाहिरिन दिने सहमति भएको थियो। उक्त सहमतिसमेत हालसम्म कार्यन्वयनमा आएको छैन। भारतीय पक्षसँग पूर्वका देशबाट आउने जहाज प्रवेशका लागि जनकपुर र विराटनगर विन्दु माग गरे पनि भारतीय पक्षले अहिलेसम्म स्वीकृति दिएको छैन।

यसैगरी, पश्चिमतर्फका देशबाट आउने जहाजका लागि नेपालले भारतीय पक्षसँग नेपालगन्ज प्रवेश विन्दु माग गरिएको छ । फेरि, नयाँ हवाई प्रवेश विन्दुका विषयमा छलफलका लागि भारतीय पक्षले कोलकातामा बैठक गर्ने निर्णय गरिसकेको छ। तर, समय भने तय भएको छैन।

अबको छलफलमा नेपालका तर्फबाट भारतीय पक्षसँग नेपालगन्ज, भैरहवा, जनकपुर, विराटनगर र युरोप तथा पश्चिमका देशबाट आएका जहाजले महेन्द्रनगरबाट इन्ट्री हुँदै पूर्वको मेची विन्दुबाट आउट हुन पाउने छन्।

अहिले नेपालको पूर्वमा पर्ने देश बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायत देशबाट आउने जहाज रोमियो ५ सय ८१ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौंका अवतरण गरिरहेका छन्।

यसैगरी, नेपालबाट पश्चिमबाट आउने जहाज, दिल्ली, युरोप तथा अमेरिकाबाट आउने जहाजले गल्फ ५८९ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन्। भुटानलगायत पारोबाट आउने जहाज मेची इन्ट्री विन्दुबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छ। सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउन १४ नटिकल माइल, भैरहवा आउन एक सय ६९ नटिकल माइल र पोखरा आउन १ सय ६५ नटिकल माइल दूरी कम पर्छ।

चीनको ल्हासाबाट आउने जहाज भने ब्राबो ३४५ रुट हुँदै नुनिम विन्दुबाट नेपाल छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण हुने गरेको छ। सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउदा १४ नटिकल माइल, भैरहवा आउन १ सय ६९ नटिकल माइल र पोखरा जान १ सय ६५ नटिकल माइल दूरी कम पर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई सुरक्षा महाशाखाका सहसचिव वुद्धिसागर लामिछानेले बताउनुभयो।

जानकारी तथा लेखहरु