फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल वायुसेवा निगमले थप दुईथान सानो आकारका जहाज खरिद गर्ने

(GMT+08:00) 2018-06-14 15:47:44
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले थप दुईथान सानो (न्यारो बडी) आकारका जहाज खरिद गर्न व्यवस्थापनलाई सैद्धान्तिक सहमति दिएको छ। दुईथान ठूलो (वाइड बडी) आकारका जहाज आउन दुई साता बाँकी हुँदा सञ्चालक समितिले निगम व्यवस्थापनलाई थप दुइटा न्यारो बडी जहाज खरिद गर्न सैद्धान्तिक सहमति दिएको नागरिकन्यूज अनलाइनले जनाएको छ। हाल निगमले यस्तै खालका दुइटा न्यारो बडीबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

'अन्तर्राष्ट्रिय उडानमा बजार हिस्सा बढाउँदै लाने उद्देश्यले थप दुईथान न्यारो बडी जहाज खरिद गर्न सञ्चालक समितिले 'ग्रिन सिग्नल' दिएको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बुधबार भन्नुभयो, 'अब खरिद प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाउँछौं ।'उहाँका अनुसार अब खरिद गर्न लागिएको जहाज 'ए३२०–२०० एनइओ' सिरिजका हुन्। एनइओको अर्थ 'न्यु इन्जिन अप्सन' हो । युरोपेली जहाज निर्माता कम्पनी एयरबसले उत्पादन गर्ने यस्ता जहाजले हाल निगमसँग रहेका ए३२०–२०० सिरिजको भन्दा १५ प्रतिशत कम इन्धन खपत गर्छ।

हाल निगमले दुइवटै न्यारो बडी जहाजबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ। एयरबसमा उत्पादित जहाज भए पनि खरिद भने एयरबससँग नगरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार खरिद प्रक्रिया सुरु भएपछि आगामी डेढ वर्षभित्र ती जहाज ल्याइने छ।

जानकारी तथा लेखहरु