फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र अमेरिकाबीच पर्यटन भिषामा समझदारी गर्ने प्रयास

(GMT+08:00) 2018-06-14 15:48:12
नेपाल र अमेरिकी सरकारबीच पर्यटन भिषा पारस्परिकता गर्ने विषयमा छलफल सुरु भएको छ। नेपाल आउने आफ्ना नागरिकहरुलाई प्रदान गरिने पर्यटक भिषा शुल्क महँगो भएको गुनासो अमेरिकाले गरेपछि नेपाल सरकारले त्यसमा समीक्षा गर्न लागेको नेपालखबर अनलाइनले जनाएको छ।

अमेरिका जाने नेपालीले भिषा बापत तिर्नुपर्ने रकमको तुलनामा नेपाल आउने अमेरिकीले पर्यटक भिषा शुल्क बापत बढी रकम तिर्नुपरेको गुनासो अमेरिकी पक्षले गर्दै आएको छ। अध्यागमन विभागमा महानिर्देशक दीपक काफ्लेले पर्यटक भिषा समान बनाउने विषयमा नेपाल-अमेरिकाबीच के के मुद्दा हुनसक्छन् र तिनलाइ कसरी सम्बोधन गर्ने भनेर गृहकार्य भइरहेको जानकारी दिनुभयो।

'भिषा पारस्परिकता भनेको दुवै देशबीचको समझदारी हो,' काफ्लेले भन्नुभयो, 'न्युनतम विन्दुमा गएर कसरी व्यवस्थापन गर्न सकिन्छ हामी त्यसका लागि काम गरिरहेका छौं'।

भिषा पारस्परिकता गर्दा नेपालको आर्थिक अवस्था, पर्यटक आगमन, विदेशीले नेपालीलाई कसरी व्यवस्थित गर्ने भन्नेमा विषयमा छलफल भएको उहाँले बताउनुभयो। नेपालमा पर्यटकको रुपमा आउने विदेशी नागरिकले भिषा शुल्कबापत १५ दिनका लागि २५ डलर, ३० दिनका लागि ४० डलर, ९० दिनका लागि १०० डलर शुल्क तिर्नु पर्ने हुन्छ।९० दिन भन्दा बढी बस्न चाहेमा दिनको २ डलर रुपैयाँ थप बुझाउनुपर्ने हुन्छ। यो रकम महँगो भयो भन्दै अमेरिकी सरकारले भिषा बापतको शुल्कमा परस्परिकता गर्न आग्रह गर्दै आएको हो।

जानकारी तथा लेखहरु