फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङद्वारा शानतुङ प्रान्तको निरीक्षण

(GMT+08:00) 2018-06-14 15:48:46
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले शानतुङ प्रान्तको निरीक्षण जुन तेह्र तारिख पनि जारी राख्नुभएको छ। शानतुङ प्रान्तको येन थाइ शहरमा अवस्थित वान ह्वा औद्योगिक उद्यान र समुद्री परियोजना प्रबन्धको निर्माण अखडाको निरीक्षणका क्रममा राष्ट्राध्यक्ष सीले धेरैपटक गरी आत्मसिर्जनशीलताको विषयबारे चर्चा गर्नुभएको थियो। आत्मसिर्जनशील हुनका लागि शक्ति जुटाएर निर्धारित लक्ष्यतर्फ अथक प्रयास गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

तेह्र तारिख बिहान सी येनथाइ शहरमा अवस्थित वान ह्वा औद्योगिक उद्यान पुग्नुभएको थियो। त्यो व्यवसाय आत्म सिर्जनशीलताको बाटोमा हिँड्नुका साथै पहिलेको कमजोर प्रविधिबाट अहिलेको अरु उद्योग-व्यवसायको निर्देशक बनिसकेको कुरा थाहा पाउँदा उहाँलाई साह्रै खुसी लागेको छ।

त्यसै दिन दिउँसो उहाँ वर्षातका बावजुद लाइ फु श समुद्री परियोजना लिमिटेड कम्पनी मातहतको येन थाइ अखडा पुग्नुभएको थियो। उहाँले तत्स्थानका कामदारहरूसँग हातमा हात मिलाएर निरन्तर रुपमा प्रयास गर्दै जान प्रेरणा दिनुभएको छ।

जानकारी तथा लेखहरु