फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँचौं चीन-दक्षिण एशिया एक्स्पो विशेष मुलुक अफ्गानिस्तानद्वारा पेभिलियनको खुलापन समारोह आयोजित

(GMT+08:00) 2018-06-14 15:49:10
आज जुन चौध तारिख बिहान, पाँचौं चीन-दक्षिण एशिया एक्स्पो एवम् पच्चीसौं चीनको खुन्मिङ आयात-निर्यात मालसामान मेला दक्षिण पश्चिमी चीनको युननान प्रान्तको खुन्मिङ सहरमा औपचारिक रुपमा आयोजना गरिएको छ। सोहि दिन यस पटकको एक्स्पोको विशेष मुलुक अफ्गानिस्तान मण्डपको खुलापन समारोह त्यन छ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा भव्य रुपमा आयोजित भएको छ। अफ्गानिस्तानका दोस्रो उपमुख्य कार्यकारी अधिकृत मोहम्मद मोहाक़िक, युननान प्रान्तीय प्रमुख रुआन छन फाले समारोहमा भाग लिनुभयो।

अफ्गानिस्तान रेशमी मार्ग सेरोफेरोका लागि एउटा महत्वपूर्ण मुलुक हुनुका साथै इतिहासमा चीन र अफ्गानिस्तानबीचको आर्थिक व्यापारिक आदानप्रदान घनिष्ठ रहेको थियो। पहिलो चीन-दक्षिण एशिया एक्स्पोदेखि अफ्गानिस्तानले सक्रिय रुपमा यस आपसी हितयुक्त र साझा विजय भएको वाणिज्य चौतारोमा भाग लिएको हो। चीन-दक्षिण एशिया एक्स्पोमार्फत् अफ्गानिस्तानले अन्तर्राष्ट्रिय बजारलाई विस्तृत पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

जानकारी तथा लेखहरु