फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत केटुके सहयोग मञ्चको बाह्रौं सम्मेलन शुरु

(GMT+08:00) 2018-06-14 15:49:33
चीनको युन नान प्रान्त-भारतको पश्चिम बङ्गाल प्रदेश केटुके(K2K)सहयोग मञ्चको बाह्रौं सम्मेलन जुन तेह्र तारिख चीनको खुन्मिङ सहरमा शुरु भएको छ। मञ्चको शीर्षक'चीन भारत व्यवसायिक सहयोग'रहेर चीन र भारतका विभिन्न विशेषज्ञ र विद्वानहरूले धेरै कुरामा सहमति जनाएका छन्।

चीनको युन नान प्रान्त-भारतको पश्चिम बङ्गाल प्रदेश सहयोग वार्ता संयन्त्रको उद्देश्य दुई मुलुकका प्रबुद्ध मण्डलको भूमिकालाई सक्रिय रुपमा आपसी हितयुक्त सहयोगात्मक साझा विजय, बहुपक्षीय क्षेत्रीय सहयोगलाई विस्तृत पार्नेमा केन्द्रित रहेको छ। सन्2002 मा उक्त संयन्त्रको स्थापना भए यता दुई पक्षले व्यापार, यातायात, शिक्षा, संस्कृति आदि विषयबारे गहिरो रुपमा छलफल गरी धेरै सहमति हासिल गरेका थिए।

यस पटकको मञ्चमा चीन भारतका विभिन्न विशेषज्ञ र विद्वानले पर्यटन व्यवसायको सहयोगलाई अघि बढाउने, हरित उर्जा श्रोत व्यवसायको सहयोगलाई सबल पार्ने, कृषि व्यवसायको सहयोगलाई अघि बढाउने यी तीन वटा विषयमा पूर्ण रुपमा वैचारिक आदानप्रदान गरेका थिए।

जानकारी तथा लेखहरु