फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गर्नेबारे परराष्ट्र मन्त्रालयको घोषणा

(GMT+08:00) 2018-06-14 15:50:23
चिनियाँ परराषष्ट्र प्रवक्ता कङ श्वाङले जुन तेह्र तारिखका दिन पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनको राज्यपरिषदका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री के. पी. शर्माओलीले यसै उन्नाइस देखि चौबीस तारिखसम्म चीनको औपचारिक राजकीय भ्रमण गर्ने घोषणा गर्नुभएको छ।

चीन र नेपाल इतिहासकाल देखिका मैत्रीपूर्ण तथा सम्पूर्ण रूपमा सहयोगी साझेदार रहेको भन्दै उहाँले लामो समयदेखि यी दुई मुलुकबीचको सम्बन्ध राम्रो रूपमा विकसित भैरहेको पनि बताउनुभयो। साथै सो भ्रमण नेपालको राजनैतिक परिवर्तन भएपछिको नेपालका प्रधानमन्त्रीले गर्न लागेको चीनको पहिलो राजकीय भ्रमण रहेको पनि जनाइएको छ। यस भ्रमणको अवधिमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ लगायतका अरू चिनियाँ नेताहरूले पनि प्रधानमन्त्री ओलीसँग भेट-घाट गर्नुहुने पनि प्रवक्ता कङले जानकारी दिनुभएको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा चीन-नेपाल "बेल्ड एण्ड रोड"को अवधारणा बमोजिम यी दुवै देशबीचको व्यवहारिक सहयोगलाई बलियो बनाउनुका साथै राजनैतिक, आर्थिक, पूर्वाधार निर्माण, भूकम्पपछिको पुनःनिर्माण, साँस्कृतिक क्षेत्रको सहयोगलाई पनि सुदृढ बनाएर चीन-नेपालबीचको सम्बन्धलाई नयाँ स्तरमा उकास्न चीन इच्छुक रहेको कुरा पनि प्रवक्ता कङले औंल्याउनुभएको समाचार उल्लेख छ।

जानकारी तथा लेखहरु