फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उपप्रधानमन्त्री हु छुन ह्वाद्बारा पाँचौं चीन-दक्षिण एशिया एक्स्पोको उद्धाटन समारोहलाई सम्बोधन

(GMT+08:00) 2018-06-14 19:47:56
पाँचौं चीन-दक्षिण एशिया एक्स्पो अर्थात् पच्चीसौं खुनमिङ आयात-निर्यात मालसामान मेला जुन चौध तारिख खुनमिङ शहरमा शुरु भएको सिन्ह्वा समाचार समितिले जनाएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् उपप्रधानमन्त्री हु छुन ह्वाले उद्धाटन समारोहमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको छ।

आफ्नो सम्बोधनमा उपप्रधानमन्त्री हुले दक्षिण एशिया चीनको नजिकको छिमेकी हुनुका साथै बेल्ट एण्ड रोडको महत्वपूर्ण साझेदार हो भन्ने कुरा औँल्याउनुभएको छ। दक्षिण एशियाका विभिन्न मुलुकहरूसित राजनीतिक पारस्परिक विश्वासलाई बढाएर बेल्ट एण्ड रोडको प्रारुपमा रहेको आपसी हितयुक्त सहकार्यलाई सबल पार्दै जान चीन इच्छुक रहेको कुरा पनि उपप्रधानमन्त्री हुले बताउनुभएको छ।

जानकारी तथा लेखहरु