फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र उत्तर कोरियाका नेता भेटवार्तामा

(GMT+08:00) 2018-06-20 19:52:51

चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव तथा राष्ट्राध्यक्ष सी चिन फिङले आज जुन बीस तारिख त्याउ यु थाइ राष्ट्रिय अतिथि भवनमा उत्तर कोरियाली श्रमिक पार्टीका अध्यक्ष एवं राज्य परिषदका अध्यक्ष किम जोङ ऊनसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार चीन र उत्तर कोरियाबीचको उच्च तहको आदानप्रदानले नयाँ इतिहास सिर्जना गरेको छ। यी दुबै पक्षबाट पाइएको महत्वपूर्ण सहमति क्रमशः व्यवहारमा उतारिँदै गएको देखिन्छ। उहाँको विश्वास छ:चीन र उत्तर कोरियाको संयुक्त प्रयासमा आपसी सम्बन्धले यी दुबै मुलुक जनताका लागि लाभ तथा फाइदा ल्याउने भएको छ। कोरियाली प्रायद्बीप र उत्तर पूर्वी क्षेत्रले शान्ति,स्थिरता,विकास र समृद्धि समेटिएको सुन्दर भविष्यलाई स्वागत गर्ने छ।

अध्यक्ष किमका अनुसार चीनको यस भ्रमण नै महासचिव सीसँगको मित्रतालाई गहन पार्नु र उत्तर कोरिया तथा चीनबीचको सम्बन्धको विकासका लागि एक हितकर अवसर हो। उहाँले चिनियाँ साथीसँग उत्तर कोरिया र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा उकास्न प्रयास गर्ने व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु