फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट-वार्ता

(GMT+08:00) 2018-06-20 20:31:36

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन बीस तारिख पैचिङस्थित जन बृहत्त सभा भवनमा चीन भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट-वार्ता गर्नुभएको छ।

सो अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चीन-नेपाल असल छिमेकी मुलुक रहेको भन्दै दौत्य सम्बन्ध स्थापना भएयता दुई देशले शान्तिपूर्ण अस्तित्वको पाँच सिद्धान्तको आधारमा आपसी हितयुक्त सहयोग गरिरहेको बताउनुभयो। उहाँले एक चीनको नीतिमा नेपाल अडिग रहेकोप्रति प्रशंसा गर्नुका साथै नेपालको स्तन्त्रता, सार्वभौमिकताको संरक्षणसँगै आफ्नो अवस्थासँग अनुकूल रहेको सामाजिक प्रणाली र विकास बाटो छान्न नेपाललाई चीनले सधैँ समर्थन दिइरहने बताउनुभयो। नेपालको विबास लक्ष्यलाई चाँडै व्यवहारमा उतारिने आशा आफूले लिएको पनि उहाँले उल्लेख गर्नुभयो। सी चिन फिङले हाल चीन-नेपाल सम्बन्धमा नयाँ विकासको अवसर देखा परेको भन्दै दुई पक्षले उच्च तहबीचको आवत-जावत र रणनीतिक आदान-प्रदान बढाएर निरन्तर रुपमा शान्ति र सहअस्तित्वको पाँच सिद्धान्तमा अडिग रही आपसी हितमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले चीन-नेपाल सम्बन्धको राजनीतिक आधारलाई सुदृढ पार्नुपर्ने पनि दोहोर्‍याउनुभयो। चीनले नेपालसँग बेल्ट एन्ड रोड इनिशिएटिभको आधारमा पूर्वाधार, अन्तर्क्रिया, प्रकोप भएपछिको पुनःनिर्माण, आर्थिक तथा व्यापारिक लगानी आदि क्षेत्रको सहयोगलाई बढाएर चौतर्फी आपसी हितयुक्त सहयोग प्रदान गर्ने इच्छा लिएको चिनियाँ राष्ट्राध्यक्ष सीले बताउनुभयो। दुई पक्षले मानवीय तथा साँस्कृतिक आदान-प्रदानलाई बढाएर दुई देशबीचको लोक आधारलाई सुदृढ पार्नुपर्छ र कानुनी शासन क्षमतासम्बन्धी सहयोगलाई बढाएर संयुक्त रुपमा अन्तर्राष्ट्रिय अपराधलाई प्रहार गरी चीन-नेपालको साझा सुरक्षाको संरक्षण गर्नुपर्ने कुरामा सीले जोड दिनुभयो।

प्रत्युत्तरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-चीन सम्बन्ध इतिहासदेखि सुमधुर रहिरहेको भन्दै नेपाल-चीन सम्बन्ध विभिन्न सम्बन्धको नमूना हो भन्नुभयो। नेपालले चीनको विकास उपलब्धिमा उच्च प्रशंसा गर्नुका साथै अन्तर्राष्ट्रिय मामिलामा चीनको सक्रिय भूमिकामा उच्च मूल्याङ्कन गरेको ओलीले उल्लेख गर्नुभयो। उहाँले नेपाल राष्ट्रको परिवर्तनमाथि चीनले दिएको समर्थनलाई आफूले धन्यवाद ज्ञापन गर्न चाहेको पनि व्यक्त गर्नुभयो। एक चीन नीतिमा नेपाल अडिग रहेको र कुनै समूहलाई नेपालको भूमि चीन विरोधी गतिबिधिमा प्रयोग हुन नदिन नेपालले कडा प्रतिरोध गर्ने ओलीले दोहोर्‍याउनुभयो। राष्ट्राध्यक्ष सी चिन फिङले उठाउनुभएको मानव भाग्य समूदाय विचारमाथि नेपालले उच्च प्रशंसा गर्नुका साथै बेल्ट एन्ड रोड निर्माणमा सक्रियका साथ भाग लिने इच्छा लिएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो।

जुन बीस तारिख दिउँसो प्रधानमन्त्री ओलीले थिआन आनमन स्क्वायरमा रहेको जन साहशी स्मारकमा पुष्पगुच्छा अपर्ण गर्नुभयो।

जानकारी तथा लेखहरु