फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धरहरा निर्माणका लागि नेपाली र चिनियाँ कम्पनीबी प्रतिस्पर्धा

(GMT+08:00) 2018-06-22 17:04:23

काठमाडौंको धरहरा निर्माणका लागि ६ वटा नेपाली निर्माण कम्पनीले र ६ वटा चिनियाँ कम्पनीले आवेदन दिएका छन्। पुनःनिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि आव्हान गरेको ई–टेण्डरमा ती कम्पनीले आवेदन दिएको रातोपाटी अनलाइनले लेखेको छ।

नेपाली र चिनियाँ कम्पनीको संयुक्त साझेदारीमा निर्माण गर्न लागिएको धरहरा निर्माणका लागि ज्वाइन्ट भेन्चरमा निर्माण गर्ने गरि ६/६ वटा नेपाली र चिनियाँ कम्पनीको आवेदन परेको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाको सहसचिव राजुमान मानन्धरले जानकारी दिनुभयो। आवेदन दिएका सबै कम्पनीको मूल्याँकन पछि सम्बन्धित कम्पनिलाई जानकारी गराएर एकसाता पछि ई–टेण्डर खोलिने पनि उहाँले जानकारी दिनुभयो।

लिफ्ट सहितको २२ तले धरहरा बनाउनका लागि प्राधिकरणले आव्हान गरेको ई–टेण्डरको समय विहिबार सकिएको छ। रसुवा, कालिका कन्स्ट्रक्सनले संयुक्त रुपमा दरखास्त हालेका छन्। त्यसैगरी आशिष निर्माण , रमण र ब्राउन लगायतका कम्पनीले धरहरा निर्माणका लागि आवेदन दिएका हुन्। प्राधिकरणले असार मसान्तभित्र धरहरा निर्माणका लागि सिलन्यास गर्ने गरि दु्रत गतिमा काम अघि बढाईएको जनाएको छ।

जानकारी तथा लेखहरु