फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा विदेशी पर्यटकको वृद्धिदर कायमै

(GMT+08:00) 2018-06-23 15:53:14

सन् २०१८ को सुरुवातदेखि नै पर्यटक आगमन वृद्धि भइरहेकोमा पाँचौँ महिनासम्म पनि यो कायम रहेको छ। अध्यागमन विभागका अनुसार मेसम्म चार लाख ५४ हजार पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो मेको तुलनामा यो १२.५ प्रतिशतको वृद्धि दर हो। यस वर्षको मेमा मात्रै नेपालले करिब ६९ हजार पर्यटकलाई स्वागत गरेको छ। यो सङ्ख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९.६ प्रतिशतको वृद्धिदर हो।

पर्यटक आगमनमा नियमित सुधार पाइरहेको नेपालका प्रमुख पर्यटकका रूपमा भने छिमेकी देश भारत र चीन नै अघि छन्। सार्क क्षेत्रका बङ्गलादेश र श्रीलङ्काबाट भित्रने पर्यटक भने अघिल्लो वर्षको मेको तुलनामा घटेपनि पाकिस्तानबाट अति सामान्यमात्रै वृद्धि छ।

नेपाल भित्रिने प्रमुख एसियाली देशका पर्यटकको वृद्धिदर सबैभन्दा धेरै छ। यस अवधिमा चीनसहित, जापान, मलेसिया, सिङ्गापुर, दक्षिण कोरिया, ताइपेइ र थाइल्यान्डबाट आउने पर्यटकको कुल सङ्ख्या १४.२ प्रतिशतले बढेको छ। थाइल्यान्डबाट आउने पर्यटकको सङ्ख्याको वृद्धिदर बाँकी सबै देशको तुलनामा सबैभन्दा बढी छ।जापान, मलेसिया, दक्षिण कोरिया र ताइपेईबाट आउने पर्यटकको सङ्ख्या भने मेमा घटेको छ । अस्ट्रिया, बेल्जियम, फ्रान्स, जर्मनी, इटली, नेदरल्यान्ड्स, पोल्यान्ड र स्पेनका पर्यटकको सङ्ख्या अघिल्लो मेको तुलनामा बढ्दा चेक गणतन्त्र, डेनमार्क, नर्वे, रसिया र स्विडेनको घटेको छ। उत्तर अमेरिकी मुलुक अमेरिका र क्यानाडाको कुल पर्यटकको सङ्ख्या ७.१ प्रतिशतले बढेको गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु