फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो अन्तर्राष्ट्रिय योग दिवस बंगलादेशमा पनि आयोजित

(GMT+08:00) 2018-06-23 15:54:52

तेस्रो अन्तर्राष्ट्रिय योग दिवस एकाइस तारिख बंगलादेशको राजधानी ढाकामा आयोजना गरिएको छ।

उद्घाटन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो भाषण गर्नुभएको थियो। बंगलादेशका यातायात तथा पूलमन्त्री ओबाइदुल क्वादरले योग स्वास्थ्यको लागि फाइदाजनक हुनुका साथै युवालाई अरु जिवन्त शक्ति प्रदान गर्नसक्ने धारणा व्यक्त गर्नुभयो।

अमेरिका, भुटान, नेपाल, श्रीलंका, माल्दिभ्स, म्यानमार, अफ्गानिस्तान, भियतनाम, स्वीट्जर्ल्याण्ड आदि मुलुकका कूटनीतिज्ञ, युरोप लिग र संयुक्त राष्ट्रसंघीय एकाइका प्रतिनिधिहरू, बंगलादेशका विभिन्न क्षेत्रका व्यक्ति र योगप्रेमीलगायत लगभग दश हजार जना उक्त कार्यक्रममा उपस्थित भएका थिए।

सन् 2014 सेप्टेम्बर २७ तारिख भारतका प्रधानमन्त्री मोदिले संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दै हरेक जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यसपछिको डिसेम्बर एघार तारिख राष्ट्र संघको महाधिवेशनले औपचारिक रुपमा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा निश्चित गरेको हो।

जानकारी तथा लेखहरु