फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व बैङ्कको पहिलो परिणाममुखी गरिबी निवारण कार्यक्रम चीनबाट

(GMT+08:00) 2018-06-23 16:43:35

चीनका लागि विश्व बैङ्क कार्यालयले तेइस तारिख पछिल्लो चीनमाथि गरिबी निवारण कार्यक्रम सार्वजनिक गरेको छ। सो कार्यक्रमले पहिलो पटक परिणाम आधारित भएर ऋण प्रवाह गर्नेछ।

विश्व बैङ्कको चीन ब्यूरोका प्रथम कृषि अर्थशास्त्री पाभो इलिस्तेले जानकारी दिएअनुसार, विश्व बैङ्कको कार्यकारी बोर्डले चीनलाई चालीस करोड अमेरिकी डलर ऋण प्रवाह गर्न स्वीकार गरेको छ जसले क्वाङ सी च्वाङ स्वायत्त प्रदेशको गरिबी निवारण कार्यलाई सहयोग गर्नेछ। ऋण रकम तिर्नु नै कार्यक्रम संचालन भएको नतिजासँग जोडिनेछ जसबाट गरिबी निवारण कार्य प्रणालीको नविन सिर्जना र तत्स्थानमा गरिबी निवारणको तयारी, बजेट व्यवस्थापन, निगरानी प्रणालीको सुधार गर्ने अभियान अघि बढाउन सकिने पनि उहाँले व्यक्त गर्नुभयो।

विश्व बैङ्कले परिणाम आधारित बजेट प्रणालीको संचालन गरेर गरिबी निवारण रकमको व्यवस्थापन गरेबाट स्थानीय सरकारले तर्कसंगत निर्णय गरी सार्वजनिक व्यय लाभ बढाउन मद्दत पुग्नेछ साथै चीनको गरिबी निवारण क्षेत्रमा विश्व बैङ्क र चीनबीचको सहयोगलाई नयाँ उचाइमा पुर्‍याउन सकिनेछ।

जानकारी तथा लेखहरु