फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय जनकांग्रेस तेह्रौँ स्थायी समितिको तेस्रो बैठक सम्पन्न

(GMT+08:00) 2018-06-23 16:54:26

चीनको राष्ट्रिय जनकांग्रेस तेह्रौँ स्थायी समितिको तेस्रो बैठक जुन बाइस तारिख दिउँसो सम्पन्न भएको छ। राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान शुले बैठकको अध्यक्षता गर्दै सम्बोधन गर्नुभएको छ।

सो अवसरमा ली चान शुले यसै बैठकले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको निर्देशन र राष्ट्रिय जनकांग्रेस तेह्रौँ स्थायी समितिको पहिलो बैठकको अनुभवको पालना गरी राष्ट्रिय जनकांग्रेसको संविधान तथा कानून समितिको कर्तव्य र चीनको समुद्री प्रहरी ब्यूरोको प्राधिकरण विषयबारे निर्णय गरेको जानकारी दिनुभयो।

उहाँले जनकांग्रेस प्रणाली सम्बन्धी महासचिव सी चिन फिङको विचारबारे अरु सिकाइ, अध्ययन, प्रचार-प्रसार गर्नु नै जन काँग्रेस प्रणालीको पालना र सुधार गर्ने महत्वपूर्ण आधार हुनुका साथै यसै स्थायी समितिको महत्वपूर्ण कार्य भएको पनि जानकारी गराउनुभयो।

जानकारी तथा लेखहरु