फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लागूपदार्थ निषेध सम्बन्धमा राष्ट्राध्यक्ष सीको महत्वपूर्ण निर्देशन

(GMT+08:00) 2018-06-25 19:00:32

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै लागू पदार्थ निषेध कार्यबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँले पार्टी नेतृत्वको प्रवर्द्धनमा राजनैतिक तथा अवस्थाको श्रेष्ठताको भरमा चिनियाँ विशेषतायुक्त लागू पदार्थ समस्या समाधानको बाटोमा हिड्दै नयाँ युगमा लागू पदार्थविरूद्धको युद्धमा विजय पाउने विश्वास व्यक्त गर्नुभएको छ।

लागू पदार्थ देशको सुरक्षा, जातीय भविष्य तथा जनताको हित-कल्याणसँग घनिष्ट सम्बन्धित विषय भएकोले लागू पदार्थ हटाउन्जेलसम्म लागू पदार्थ निषेधलाई युद्धस्तरमा अघि बढाउनुपर्ने कुरामा पनि सीले जोड दिनुभएको छ। कानून बमोजिम, लागूपदार्थजस्तो अवैध अपराधमाथि कडाइका साथ प्रहार गर्दै आपराधिक गिरोहको नेटवर्कलाई भङ्ग पार्नुपर्ने भन्दै राष्ट्राध्यक्ष सीले किशोर किशोरीलक्षित लागूपदार्थ विरोधी प्रचारप्रसार तथा शिक्षा विस्तृत पार्नुपर्ने बताउनुभयो।

थाहा भए अनुसार, सन् १९८७को डिसेम्बरमा संयुक्त राष्ट्र संघको ४१ सौं महाधिवेशनमा हरेक वर्षको जुन २६ तारिखलाई 'अन्तर्राष्ट्रिय लागू पदार्थविरूद्धको दिवस'को रूपमा तोकिएको छ। चालू वर्ष चीनमा सम्बन्धित विषयसूची 'लागू पदार्थरहित हरित स्वस्थ जीवन' भन्ने राखिएको छ।

जानकारी तथा लेखहरु