फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-यूरोपेली संघ आर्थिक तथा व्यापारिक उच्चस्तरिय वार्ताबारे उपप्रधानमन्त्रीको सम्बोधन

(GMT+08:00) 2018-06-25 20:17:01

चीन-यूरोपेली संघ सातौं आर्थिक तथा व्यापारिक उच्चस्तरिय वार्ता आज पैचिङमा आयोजित भएको छ। चीनका उप प्रधानमन्त्री लीउ ह तथा यूरोपेली आयोगका उपाध्यक्ष जिर्की काटाइनेनको संयुक्त अध्यक्षतामा आयोजित सो वार्तापछि उहाँहरूले पत्रकारहरूसँग कुराकानी गर्नुभएको छ।

कुराकानीमा चीनका उप प्रधानमन्त्री लीउ हले यस पटकको वार्ता गहन, वस्तुगत, कार्यकुशलतायुक्त तथा उपलब्धिमूलक भएको बताउनुभएको छ। वार्तामा 'विश्वव्यापीकरणको समर्थन तथा प्रवर्द्धन, चीन-यूरोप सहयोगको गहिरोपन तथा विस्तार' भन्ने विषय आधारित दुवै पक्षले छलफल गरेर श्रृंखलाबद्ध उपलब्धि हासिल गरेको जानकारी पनि लिउले दिनुभएको छ।

दुइ पक्षले बेल्ट एण्ड रोड इनिसियटिभ तथा यूरोपेली विकास रणनीतिसँग जोड्दै जानेबारे सहमति जनाएका छन्। साथै 'सरकार किनमेल सन्धि'मा चीनको प्रवेशबारे पनि छलफल गरिएको छ। आपसी मौद्रिक सहयोगको प्रवर्द्धन गर्ने निर्णय पनि गरिएको छ।

जानकारी तथा लेखहरु