फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बितेका ५ वर्षमा चीनमा संचालित लागूपदार्थ विरूद्धको अभियानमा ५३ हजार पक्राउ

(GMT+08:00) 2018-06-26 16:35:51

जुन २६ तारिख अन्तर्राष्ट्रिय लागू पदार्थ निषेध दिवस हो। सन् २०१८ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा चीनभरिका न्यायाधिवक्ता कार्यालयले गिरफ्तार गरेको लागूपदार्थ दुर्व्यसनी सम्बन्धी मुद्दाको संख्या २६ हजार २४८ वटामा संलग्न व्यक्ति जम्मा गरी ३१ हजार ६७९ जना पुगेको कुरा आज चीनको सर्वोच्च जन-न्यायाधिवक्ता कार्यालयले जनाएको छ। साथै अभियोग लगाएका २८ हजार ९५१ वटा मुद्दामा संलग्न व्यक्ति ३५ हजार १९३ जना पुगेका छन्। जसबाट लागू पदार्थ सम्बन्धित अपराधमाथि ठूलो प्रहार गर्ने प्रवृत्ति कायम राखिएको छ। कानून वमोजिम गिरफ्तार गरिएका र अभियोग लगाइएका लागू पदार्थ अपराध सम्बन्धी मुद्दाको साथमा चीनका विभिन्न तहका न्यायाधिवक्ता कार्यालयले लागूपदार्थ अपराधको चियो तथा निगरानी गर्दै कानून आधारित मुद्दा खडा गर्दै लगेका छन्। जसबाट गिरफ्तार गर्न बाँकी रहेका अपराधीहरू पक्राउ गरिएको छ।

प्राप्त तथ्याङ्क अनुसार, सन् २०१३को जनवरी-२०१८को अप्रिलसम्म चीनमा चलाइएको लागू पदार्थ विरूद्धको मुद्दाको संख्या ५ लाख ३६ हजार ७०४ भएको छ ती मुद्दामा संलग्न व्यक्तिको संख्या ६ लाख ६० हजार ६०० जना पुगेको छ जुन चीनभरि चलाइएको फौजदारी मुद्दामा पक्राउ गरिएका संख्याको १५.३ प्रतिशत पुगेको छ।

जानकारी तथा लेखहरु