फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-यूरोप सातौं आर्थिक तथा व्यापारिक उच्चस्तरीय वार्ता पैचिङमा सुरु

(GMT+08:00) 2018-06-26 16:38:06

चीन-यूरोप सातौं आर्थिक तथा व्यापारिक उच्चस्तरीय वार्ता २५ तारिख पैचिङ्गमा सुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य एवम् उपप्रधानमन्त्री लिउ ह र यूरोपेली संघका उपाध्यक्ष जिर्की काटाइनेनले संयुक्त रुपमा वार्ताको अध्यक्षता गर्नुभएको छ।

उच्चस्तरीय वार्तामा दुई पक्षले "विश्वव्यापीकरणको समर्थन तथा प्रवर्द्धन तथा चीन-यूरोप सहयोगलाई गहन र विस्तृत पार्ने" मुख्य विषयबारे गहिरो, व्यवहारिक, प्रभावकारी र फलदायी छलफल गरेका छन्।

एकपक्षीयतावाद र संरक्षणवादको दृढताका साथ विरोध गर्नुका साथै विश्वको अर्थतन्त्रमा क्षति पुर्याउनसक्ने प्रभाव तत्वको प्रतिरक्षा गर्नुपर्ने सहमति दुई पक्षले गरेका छन्। डब्लुटिओ केन्द्रित बहुपक्षीय व्यापार प्रणालीको सुरक्षा गर्नुका साथै अझ खुला, सहिष्णु, परस्पर फाइदाजनक, संतुष्टी र आपसी हितकर तथा साझा विजयी आर्थिक विश्वव्यापीकरणलाई घच्घच्याउने वचन्वद्धता दुई पक्षले गरेका छन्।

जानकारी तथा लेखहरु