फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङमा महिला तथा बालबालिकाको शैक्षिक हक-अधिकार अवस्थाबारे चिनियाँ विशेषज्ञद्वारा जानकारी

(GMT+08:00) 2018-06-26 16:39:37

चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशमा महिला तथा बालबालिकाको हक-अधिकार प्रत्याभूति दिने क्षेत्रमा प्रशस्त कार्य गरिएको छ, विशेष गरी शैक्षिक हक-अधिकारको प्रत्याभूति चीनमा मानवअधिकार कार्यको विकासको सानो रूपमा देखिन्छ। उक्त कुरा चीन मानवअधिकार अनुसन्धान परिषद, सिन्च्याङ विश्वविद्यालय अन्तर्गत राजनैतिक तथा सार्वजनिक व्यवस्थापन विभागका उपप्रमुख चुलीयाथी स्माइले २५ तारिख संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदको ३८ औं सम्मेलनको सामान्य बहसमा उक्ता कुरा भन्नुभएको हो।

उहाँले जानकारी दिनुभए अनुसार, चीनमा संविधान आधारित श्रृंखलावद्ध कानून नियम प्रणाली बनिसकेको छ जसबाट महिला तथा बालबालिकाको विभिन्न हक-अधिकारको संरक्षण गरिन्छ। सिन्च्याङ युगुर स्वायत्त प्रदेशमा महिलाको सामाजिक स्थान स्पष्टसँग माथि उकासिएको छ। महिला कामदारको संख्या कूल संख्याको लगभग ५० प्रतिशत पुगिसकेको छ भने शैक्षिक क्षेत्रमा कार्यरत महिलाको संख्या कूल संख्याको ६४ प्रतिशतभन्दा बढी छ। साथै स्वास्थ्य, चिकित्सा क्षेत्रमा कार्यरत महिलाको संख्या कूल संख्याको ६९प्रतिशतभन्दा बढी छ। सिन्च्याङमा विभिन्न जातिका महिलाहरू आर्थिक तथा सामाजिक विकासलाई अघि बढाउने मुख्य शक्ति बनिसकेको जानकारी पनि दिइएको छ।

जानकारी तथा लेखहरु