फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको भ्रमण चिनियाँ पक्षको रायसुझाव सुन्ने यात्राका रूपमा हुने अमेरिकी रक्षा मन्त्रीको प्रतिक्रिया

(GMT+08:00) 2018-06-26 19:02:04

अमेरिकी रक्षा मन्त्रालयले २५ तारिख जनाए अनुसार, चीन भ्रमण गर्नुअघि अमेरिकी रक्षा मन्त्री जिम म्याट्टिसले आफ्नो चीन भ्रमणको उद्देश्य आपसी रणनैतिक सम्बन्धको विकासप्रति चीन पक्षको राय-सुझाव सुन्नुका साथै चीनसँग साझा अभिरूचिका विषयबारे वार्ता गर्नु रहेको जानकारी दिनुभएको छ।

म्याट्टिसले गर्नुहुने चीन भ्रमण जुन २६-२८सम्म हो। अमेरिकी समय अनुसार २४ तारिख संचारमाध्यमसँग कुराकानी गर्दा उहाँले उक्त कुरा भन्नुभएको हो।

अमेरिका तथा चीनबीच क्षेत्रीय सुरक्षा, समृद्धि तथा स्वतन्त्रता लगायतका क्षेत्रहरूमा साझा हित रहेको ठहर गर्दै म्याट्टिसले कोरियाली प्रायद्वीपलाई आणविकरहित बनाउनुबाहेक, अफगानी आतंकबाद विरोधी सहयोगमा पनि आपसमा वार्ता गर्ने सम्भावना रहेको औंल्याउनुभयो।

थाहा भए अनुसार, म्याट्टिसले दक्षिण कोरिया तथा जापानको पनि भ्रमण गर्नुहुने कार्यक्रम छ।

जानकारी तथा लेखहरु