फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट युथलीग १८औं राष्ट्रिय प्रतिनिधिसभा पैचिङमा आयोजित

(GMT+08:00) 2018-06-26 19:04:00

चिनियाँ योङ कम्युनिष्ट लिग १८औं राष्ट्रिय प्रतिनिधिसभा २६ तारिख बिहान पैचिङमा शुरू भएको छ। सी चिनफिङ, ली खछ्याङ, ली चानशु, वाङ याङ, चाउ ल ची, हान चन लगायत पार्टी तथा देशका नेताहरूले सो सभामा भाग लिनुभई शुभकामना दिनुभएको छ। वाङ हु नीङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको तर्फबाट 'नयाँ युगको वायुमा युवा सपना उडाऔं' शीर्षकको सम्बोधन दिनुभएको छ।

सम्बोधनमा वाङले पार्टीका महासचिव सी चिनफिङले युवा कार्य सम्बन्धमा महत्वपूर्ण विचार प्रस्तुत गर्नुभएको र ती विचारहरूबाट नयाँ युगमा युवा कार्यको लागि स्पष्ट दिशा देखाइएको बताउनुभएको छ। व्यापक युवाहरूले नविन तथा सिर्जनामा बिलिन भई चिनियाँ राष्ट्रको महान् पुनरूत्थानका क्रममा जीवन्त शक्ति थपेर नयाँ युगको युवा गीत बजाउने आशा पनि वाङले गर्नुभएको छ।

जानकारी तथा लेखहरु