फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी रक्षामन्त्री चीनमा, सम्पर्क तथा वार्ताबाट संकटमाथि नियन्त्रण

(GMT+08:00) 2018-06-27 15:10:13

अमेरिकी रक्षा मन्त्री जिम म्याट्टिसले २६ तारिखदेखि चीनको भ्रमण शुरू गर्नुभएको छ। भ्रमणमा चीनका राष्ट्रिय तथा सैन्य नेताहरूले म्याट्टिससँग भेट-वार्ता गरी दुई देशका सेनाबीचको सम्बन्ध तथा साझा अभिरूचिका विषयबारे वैचारिक आदानप्रदान गर्ने कुरा चीनको रक्षा मन्त्रालयले जनाएको छ। वर्तमान चीन-अमेरिका सैन्य सम्बन्धमा नकारात्मक कारक तत्व बढ्दै गएतापनि समष्टिगत रूपमा स्थिर अवस्थामा कायमै राखिएको ठहर सम्बद्ध विशेषज्ञले गरेका छन्। 'आपसी सम्पर्क तथा वार्ता गर्दै संकटको नियन्त्रण गर्नु' नै दुई देशको सेनाबीचको उच्चस्तरिय वार्तामा दुवै पक्षले लिएको समान उद्देश्य रहेको पनि बताइएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय समितिको सैन्य आयोग अन्तर्गत अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालय सुरक्षा सहयोग केन्द्रका प्रमुख चौ पोले चीन-अमेरिका सैन्य सम्बन्धबारे चर्चा गर्दै भन्नुभयोः ठूला मुलुक बीचको सम्बन्ध जटिल हुन्छ। म्याट्टिसले शाङ्ग्रिला वार्तामा चीनसँगको कुनै पनि सम्भावित सहयोगमा अमेरिका इच्छुक रहेको भन्नुभएको थियो र अमेरिकाले चीनसँग रचनात्मक तथा नतिजा उन्मुख सम्बन्ध स्थापना गर्दै जाने अपेक्षा पनि गर्नुभएको थियो। यस पटकको सैन्य क्षेत्रको उच्चस्तरिय वार्तामा चीन र अमेरिका दुवै पक्षले आ-आफ्नो चासोका विषयबारे व्याख्या गर्ने छन् र सबैभन्दा ठूलो परिधिमा आ-आफ्नो अडान स्पष्ट पार्ने छन्।

जानकारी तथा लेखहरु