फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानले शान्ति प्रक्रिया शुरू गर्न अन्तर्राष्ट्रिय समाजको समर्थनको आवश्यकताः चीन

(GMT+08:00) 2018-06-27 15:11:25

अफगानिस्तानी सरकारले राष्ट्रिय मेलमिलाप तथा तालिवान लगायत सरकार विरोधी सशस्त्र शक्तिसँग सहमति गर्दै शान्ति प्रक्रियाको थालनी गर्न अन्तर्राष्ट्रिय समाजले समर्थन गर्नुपर्छ। संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि मा छाउस्युले २६ तारिख आयोजित अफगानिस्तान मामिला सम्बन्धी खुला बहसमा उक्त कुरा भन्नुभएको हो।
जातिय मेलमिलापलाई अघि बढाउनु नै अफगानिस्तान समस्या समाधान गर्ने आधारभूत उपाय हो र अफगानको प्रमुख नेतृत्वमा अफगानीले निर्णय गर्ने शान्ति प्रक्रियाको अडानका साथ समर्थन गर्नुपर्ने कुरा चिनियाँ प्रतिनिधि माले प्रकाश पार्नुभएको छ।


प्रतिनिधि माले चीन र अफगानिस्तान परम्परागत मैत्री छिमेकी हुन र अफगानीस्तानमा चाँडै शान्ति, सुरक्षा, स्थिर तथा विकासलाई साकार तुल्याउन चीनले समर्थन गरिरहेको कुरामा जोड दिनुभयो। बेल्ट एण्ड रोड इनिसियटिभ लगायतका प्रस्तावमार्फत अफगानिस्तानको आर्थिक विकास तथा क्षेत्रीय सहयोग प्रवर्द्धन गर्नुपर्ने विषय सुरक्षा परिषदमा धेरै पटक उठाइएको र सुरक्षा परिषदको सम्बद्ध निर्णय-प्रस्ताव बमोजिम, चीनले सम्बद्ध पक्षहरूसँगै मिलेर आफ्नो श्रेष्ठतामा अफगानिस्तानले क्षेत्रीय आर्थिक सहयोग तथा यातायात सम्पर्कमा भाग लिन सघाउने जनाइएको छ।

जानकारी तथा लेखहरु