फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तिब्बतशास्त्री मण्डल बेल्जियमको भ्रमणमा

(GMT+08:00) 2018-06-27 18:48:00

चिनियाँ तिब्बतशास्त्री मण्डलले २६ तारिख बेल्जियमको राजधानी ब्रसेल्सस्थित युरोपेली संघको सञ्चारमाध्यम क्लवमा वैचारिक आदान-प्रदान गरेको छ। राजनीति, सञ्चार माध्यम, शास्त्र आदि क्षेत्रका लगभग ५० जना स्थानीय गन्यमान्य व्यक्तिहरु बैठकमा सहभागी भएका छन्। तिब्बतशास्त्री मण्डलले विविध तरिकाद्वारा तिब्बतको इतिहास तथा साँस्कृतिक, आर्थिक तथा सामाजिक विकास र उपलब्धिबारे चर्चा गरेको छ।

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका सदस्य एवम् चिनियाँ मानव शास्त्र इन्स्टिट्युट्का प्रमुख प्रोफेसर हाउ श युआनले "तिब्बतको इतिहास र वास्तविक" तथ्यांक, तस्वीर र ठोस घटनामार्फत् तिब्बतको विकास र परिवर्तनबारे जानकारी दिनुभयो।

मण्डलका सदस्य एवम् चिनियाँ तिब्बत शास्त्र अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता ट्रालोले तिब्बतमा पर्यावरणीय सुरक्षाको उपलब्धिबारे उल्लेख गर्नुभयो। अर्का सदस्य एवम् तिब्बती सामाजिक विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता कसाङ्ग यिसीले आफ्नो अनुभवमार्फत तिब्बती भाषाको उत्ताधिकार तथा सुरक्षा र तिब्बतमा दोभाषाको शिक्षाको बारेमा जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु