फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तथा अमेरिकी रक्षा मन्त्रीबीच पैचिङमा भेट-वार्ता

(GMT+08:00) 2018-06-27 19:02:48

चीनको राज्य परिषदका सदस्य एवम् रक्षामन्त्री वी फङहले २७ तारिख पैचिङमा अमेरिकी रक्षामन्त्री जिम म्याट्टीससँग भेट-वार्ता गर्नुभएको छ।

भेटमा चिनियाँ रक्षा मन्त्री वीले चीनले शान्तिपूर्ण विकासको बाटोमा हिंड्दै देशको सार्वभौमिकता, सुरक्षा तथा विकास हितको संरक्षण अडानपूर्वक गरिरहेको बताउनुभयो। चीन तथा अमेरिकाबीच संघर्ष तथा द्वन्द्व नगरी एक अर्काको आदर गरेर आपसी सहयोगमार्फत साझा विजय प्राप्त गर्नु नै साझा विकासको अवधारणा भएको पनि वीले व्यक्त गर्नुभएको छ। दुइ देशका सेनाले राष्ट्रनायकबीच सम्पन्न मतैक्यताको कार्यान्वयन गर्दै पारस्परिक विश्वास तथा सहयोगलाइ प्रवर्द्धन गर्नुपर्छ। विद्यमान खतराको नियन्त्रण गर्नुपर्छ। जसबाट सैन्य सम्बन्धलाई दुई देशको सम्बन्ध स्थिर पार्ने कारक तत्वको रूपमा ठान्न सकिन्छ। साथै वीले थाइवान समस्या, दक्षिण चिनियाँ समुद्र समस्या तथा कोरियाली प्रायद्वीपको आणविक समस्याबारेमा चीनको अडान तथा ध्यानाकर्षण पनि व्याख्या गर्नुभएको छ।

भेटमा अमेरिकी रक्षा मन्त्री म्याट्टिसले चीनको विकास अमेरिका लगायत विश्वको लागि हितकर भएकोले अमेरिका तथा चीनले एक अर्काप्रति मेलमिलापयुक्त व्यवहार गर्नुपर्ने ठहर गर्नुभएको छ। अमेरिकाले आपसी सैन्य सम्बन्धमा महत्व दिँदै चीनसँगको सम्पर्क प्रणालीमा सुधार ल्याउने इच्छा पनि व्यक्त गरेको छ। दुई देशले सहयोगमार्फत विश्व शान्ति तथा विकास अघि बढाउने विश्वास पनि म्याट्टिसले गर्नुभएको छ।

जानकारी तथा लेखहरु