फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र अमेरिकी रक्षामन्त्री म्याट्टिसबीच पैचिङमा भेटवार्ता

(GMT+08:00) 2018-06-27 19:56:16

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २७ तारिख पैचिङमा चीन भ्रमणमा रहनुभएका अमेरिकी रक्षा मन्त्री जिम म्याट्टिससँग भेटघाट गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले ठूलो परिवर्तन, विकास अवधिमा रहेको वर्तमान विश्वमा विश्व बहुध्रुवीकरण, आर्थिक विश्वव्यापीकरण गहन रूपमा विकसित भैरहेकोले एकअर्काको भरमा रहेका देश-देशबीचको सम्बन्ध अझ घनिष्ट बनिसकेको ठहर गर्नुभएको छ। चिनियाँहरूले समाजबादी आधुनिकीकृत सशक्त मुलुकको निर्माण गर्दा विस्तारवाद तथा उपनिवेशवादको सट्टामा शान्तिपूर्ण विकासको बाटोमा दृढताका साथ हिंडिरहेको स्मरण गराउँदै सीले विश्वमा लथालिड़गको अवस्था निम्त्याउन नखोजेको बताउनुभयो। 'चीन-अमेरिका सम्बन्ध विश्वमै द्वीपक्षीय सम्बन्धमध्येको एक हो र यो सम्बन्ध राम्रोसँग विकसित हुनुमा दुवै देशका जनता लगायत विश्वको लागि पनि हितकर छ। व्यापक क्षेत्रमा चीन र अमेरिकाको साझा हित छ। साथै आपसी मतभेद पनि विद्यमान नै भएको कुरा जगजाहेर छ', चिनियाँ राष्ट्राध्यक्ष सीले भन्नुभयो, 'चीनको सार्वभौमिकता तथा भूभागका सम्बन्धमा चीनको अडान स्पष्ट छ र आफ्नो भूभाग अलिकति पनि गुमाउने जस्तो अरूप्रति हल्का रूपमा पनि लिँदैनौं। सैन्य सम्बन्ध दुइ देशबीचको सम्बन्धको एक महत्वपूर्ण भाग हो र राम्रोसँग विकसित भैरहेको छ। दुइ देशका सैन्य क्षेत्रबीच प्रणालीबद्ध तथा विभिन्न स्तरको आदानप्रदानको प्रवर्द्धनमार्फत विद्यमान शंका तथा मतभेदलाइ हटाउनको लागि सहयोगी हुन्छ। दुइ देशका सेनाबीचको सम्पर्क, विश्वास तथा सहयोग सबल पार्दै खतरा नियन्त्रण गर्ने आशा चीनले लिएको छ। यो सम्बन्ध दुइ देश सम्बन्ध स्थिर पार्ने महत्वपूर्ण शक्ति बन्ने अपेक्षा पनि छ।'

भेटमा अमेरिकी रक्षा मन्त्री म्याट्टिसले अमेरिकाले दुई देश तथा दुई देशका सेनाबीचको सम्बन्धमा ठूलो महत्व दिइरहेको र सैन्य सम्बन्धले निकै निर्णायक स्थान ओगटेको बताउनुभयो। आपसमा सम्पन्न महत्वपूर्ण सहमतिको आधारमा पारस्परिक रणनैतिक सम्पर्क सबल पार्ने इच्छा अमेरिकाले लिएको भन्दै उहाँले आपसी हितकर सहयोग विस्तृत पार्दै खतरा नियन्त्रण गर्ने अपेक्षा पनि लिएको छ। यसरी सैन्य सम्बन्धबाट दुइ देशको सम्बन्धलाइ अघि बढाउने रचनात्मक कारक तत्वको रूपमा लिन सकिन्छ भन्दै म्याट्टिसले राष्ट्रपति डोनाल्ड ट्रम्पको शुभकामना पनि सुनाउनुभएको छ।

जानकारी तथा लेखहरु